Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


तेरिया मगरलाई शान्तिदूत बनाउन पहल गर्छु : रक्षामन्त्री


0
Shares

तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा शनिबार उनलाई सम्मान गर्दै मन्त्री खाँणले मगरले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषदबाट सजिलै पारित हुने बताए ।

मन्त्री खाँणले तेरियाले प्राप्त गरेको सफलताले अहिले उनी सबै नेपालीको मनमा बसेको सदाचार व्यक्त गर्दै तेरियालाई राष्ट्रले चाँडो सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसद आदित्यनारायण कसोधनले रुपन्देहीको सामान्य परिवारमा जन्मेकी तेरियाले अन्तर्राष्ट्रिय तहको प्रतिस्पर्धामा आफूलाई स्थापित गरी देशको गौरब बढाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा उनको सफलताको कामना गरे ।

सम्मानित तेरियाले नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन आफूले सक्दो प्रयत्न गर्ने वचनबद्धता व्यक्त गरिन् ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले तेरियाभित्रको प्रतिभालाई अझै प्रस्फुटित गराउन सन्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल मगर संघका अध्यक्ष नवीन रोक्कामगरले सरकारले तेरियाको कार्यलाई मूल्यांकन गरी सम्मान गर्नुपर्नेमा जोड दिए ।

फाउन्डेसनका अध्यक्ष कृष्ण फौजामगरले तेरियाको नामबाट स्थापना गरिएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सन्चालन गर्ने जानकारी गराए । रासस