
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
सिर्जना विकास केन्द्र, सिमलचौरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई सोझो सेटमा हरायो ।
पुरुष भलिबलमा आर्मीले २५—१९, २९—२७ र २५—२२ ले सशस्त्रलाई पराजित गरेको हो ।
प्रतियोगितामा आइतबार (भोलि) महिला भलिबलका दुई खेल हुनेछन् ।
पहिलो खेल शसस्त्र प्रहरी र आर्मीबीच हुनेछ भने दोस्रो खेल भारतको उत्तर प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुनेछ ।
प्रतियोगिता माघको २९ गतेसम्म सन्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्