साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ अंकले बढेर अन्तिम दिन १३ सय ८२ अंकमा पुग्यो । गत साता नेप्से ९० अंकले झरेको थियो ।
यो साता कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्सेमा वृद्धि आएको हो । बीमा समूहमा सबैभन्दा बढी ३ सय २१ अंकको वृद्धि आयो । वाणिज्य बैंक समूह ८५ अंकले, विकास बैंक समूह ६० अंकले, होटल समूह १ सय २१ अंकले बढ्यो भने जलविद्युत् समूहमा पनि ७० अंकको वृद्धि आयो । गत साताको तुलनामा यो साता कारोबार रकम भने उस्तै रह्यो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५६ कम्पनीको दुई अर्ब २१ करोड ५३ लाख रुपैयाँ बराबरका ५९ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ५५ कम्पनीको दुई अर्ब २२ करोड ९७ लाख रुपैयाँ बराबरका ६६ लाख ६७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
यो साता कारोबार रकमको आधारमा सिद्धार्थ बैंक, कारोबार भएको सेयर संख्याको आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ र कारोबार संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा रहे ।









प्रतिक्रिया दिनुहोस्