Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


उपहार गोलले आर्मी उपाधिनजिक


0
Shares

झापा, फागुन २५ । त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको दाउफिन्स क्लबलाई १–० ले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो ।

दाउफिन्सका सिलु मार्टिन्स नांगाले खेलको २३औं मिनेटमा आत्मघाती गोल गरेका थिए । उपहारस्वरुप पाएको त्यही एकमात्र गोल नै आर्मीको जितमा निर्णायक बन्यो ।

आर्मीले अब सोमबार हुने फाइनलमा आयोजक झापा–११ सित खेल्नेछ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ‘टाइब्रेकर’मा ३–१ ले पराजित गर्दै झापा फाइनलमा पुगिसकेको छ ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।