२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पत्रकारको कलम र ढाँड ‘भाँच्ने’ धम्की


0
Shares

-केशबचन्द्र महरा

आफ्नो बिपक्षमा समाचार लेखेकोप्रति आक्रोस जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो धम्की दिएका हुन् ।

पछिल्लो एक सातादेखी संचार माध्यमहरुले जोरायल क्षेत्रमा अबैध रुपमा भैरहेको वन फँडानीका सन्दर्भमा समाचारहरु प्रकाशित गरिरहेका छन् ।

जसमा डिसिको पनि संलग्नता रहेको आशयका समाचारहरु प्रकाशित÷प्रशारित भएका छन् । जसको बिरुद्धमा उनले यस्तो गम्भीर धम्की दिएका हुन् ।

सहायक बन अधिकृत डिसीले फेसबुकमा आफु निर्दोस रहेको जनाउदै धम्कीपूर्ण रुपमा लेखेका छन, ‘तिमिहरु जे सक्छौ गर, तर दोषिलाई निर्दोष र निर्दोलाई दोषि प्रमाणित गर्ने कोसिस नगर । नत्र कलम भाँचिन सक्छ, ढाँड खुस्क्याईन सक्छ ।’

यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन पत्रकारलाई आतंकित पार्ने किसिमको अभिब्यक्ति हुन् । सहायक बन अधिकृत डिसीले दिएको धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ ।

डोटी शाखाले शनीबार एक बिज्ञेप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ । धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ ।

डोटी शाखा अध्यक्ष मिन वमले शनीबार एक बिज्ञेप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम संयोजक प्रकाश बिक्रम शाहले धम्कीले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अहिलेको समयमा पत्रकारको कमल र ढाँड भाँच्छु भन्ने अभिब्यक्तीले पत्रकारिता आतंकित हुने भन्दा पनि झन शसक्त भएर अघि बढ्ने प्रतिक्रिया दिए ।