२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


जर्मनीमा छापियो ट्रम्प सम्बन्धि यस्तो कार्टुन, सर्बत्र आलोचना


0
Shares

डेअर स्पीगलले आफ्नो कभर पेजमा अमेरिकी राष्ट्रपति ट्रम्पले स्टाच्यु अफ लिबर्टीको टाउको काटेको कार्टुन छापेको छ ।

कार्टुनमा राष्ट्रपति ट्रम्पले एक हातमा स्टाच्यु अफ लिबर्टीको काटिएको टाउको र अर्को हातमा चक्कु लिएर उभिएको देखाइएको छ ।

धेरैले यसको आलोचना गरेका छन् । युरोपियन संसदमा जर्मनीका उपाध्यक्षले कार्टुन निकै तल्लोस्तरको रहेको भन्दै निन्दा गरेका छन् ।

कार्टुनिस्ट एडेल रोड्रिग्वेजले भने लोकतन्त्रको टाउको काटिएको प्रतीकका रुपमा कार्टुन बनाइएको जिकीर गरेका छन् ।

रोड्रिग्वेजले वासिङ्टन पोस्टमा इस्लामिक स्टेट आइएस र डोनाल्ड ट्रम्प दुबै चरमपन्थका दुई टाउको रहेको भन्दै आफूले त्यसको तुलना मात्र गरेको तर्क गरे ।

विश्वभरका अरु विभिन्न पत्रिकाले पनि ट्रम्पका बारेमा व्यंग्यात्मक कार्टुन छापिरहेका छन् । (एजेन्सी)