रौतहटको रङ्गपुर–५ स्थित राष्ट्रिय वनको १ सय २२ बिगाहा जमिन नापी कार्यालय र जिल्ला वन कार्यालयकै कर्मचारीको मिलोमतोमा भूमाफियाले दर्ता गराएका थिए । एक महिना लामो छानविनपछि जिल्ला वन कार्यालय रौतहटले जमिनको दर्ता बदर गरिदिएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।
सरकारी जमिन ब्यक्तिको नाममा दर्ता गर्न तत्कालिन रेञ्जर रामकेवल यादव र नापी कार्यालय रौतहटका अधिकृत शिवशंकर साहले घुस लिएर काम गरेको खुले पनि उनीहरुमाथि कारबाही हुन सकेको छैन ।
सरकारी जमिन दर्ता गराउने २३ जना भूमाफियाको खोजी भइरहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्