Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


देउवा–मोर्चा छलफल, निकास निस्कन सकेन


0
Shares

देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा संविधान संशोधन प्रस्ताव परिमार्जन र प्रस्ताव पारित गराउन आवश्यक दुई तिहाई मतबारे छलफल भए पनि कुनै ठोस निकास आएन ।

यद्यपि मोर्चाका सदस्य महेन्द्र राय यादवका अनुसार बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सहमतिमै पारित गराउन दुबै पक्ष सकारात्मक भएका छन् ।

उनले भने, ‘संसदमा टेबुल भएको संशोधन प्रस्तावलाई अब छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ, यो प्रस्ताव पारित गराउनको लागि मोर्चा लागिपर्ने छ ।’