यसदिन शेयर बजार परिसूचक नेप्से करिब १८ अंकले झरेर १३ सय ६४ बिन्दुमा आइपुग्यो । मध्यान्हपछि झरेर २८ अंकले झरेर १३ सय ५४ अंक पुगिसकेको नेप्से पछि केही सच्चिदै १३ सय ६४ बिन्दुमा थामिएको हो ।
यसदिन होटल समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले ओर्लिएको हो ।
यसदिन बीमा समूहमा सबैभन्दा उच्च १ सय २६ अंकको गिरावट आयो । वाणिज्य बैंक समूहमा करिब २१ अंकको गिरावट आयो भने टेलिकम सूचिकृत अन्य समूह पनि साढे ९ अंकले झर्यो ।
यसदिन १ सय २२ कम्पनीको ६ लाख ३३ हजार कित्ता शेयर २६ करोड १४ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्