सो सम्बन्धी सहमति पत्रमा आइतबार उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितिमा मन्त्रालयका सह–सचिव दिनेश घिमिरे र महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले हस्ताक्षर गरे ।
सहमतिअनुसार महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, म्यान्मार, कोरियालगायत मुलुकका १४ वटा शहरहरुमा महानगरपालिकाले नेपाली वस्तुहरुको विक्री प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी तथा विक्री प्रवद्र्धन कक्ष संचालनमा ल्याउने छ ।
कार्यक्रममा मन्त्री जोशीले यसले नेपाली वस्तुहरुको बजार विस्तारका साथसाथै उद्यमीहरुको आर्थिक क्षमता विस्तारमा सघाउने बताए ।
महानगरपालिकाको भगिनी शहरका माध्यमबाट द्विपक्षीय रुपमा अन्तर्राष्ट्रिय स्तरमा स्थानीय कुटनीति गर्ने अवसर सिर्जना गर्ने उनको भनाइ छ । उनले नेपाली लघु, घरेलु उत्पादनको अन्तर्राष्ट्रिय प्रबर्द्धन गर्न नेपाल गुणस्तर चिन्हको छाप लगाइने पनि बताए ।
महानगरपालिकाका कार्यकारी प्रमुख रुद्र सिं तामाङ्गले यस वर्ष भगिनी शहरहरुसँगको संख्या २० पुर्याउने बताए ।









प्रतिक्रिया दिनुहोस्