Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माइक्रो बस दुर्घटनामा एकजनाको मृत्यु, १२ जना घाइते


0
Shares

गोरखा जिल्ला घर भएका ७ वर्षीय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा गुडेको माइक्रो बसले ट्रकलाई उछिन्न खोज्दा सोही ट्रकसँग ठोक्किएको बताइएको छ ।

घाइते हुनेमा सबै माइक्रो बसका यात्रु रहेका छन् । काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नम्बरको माइक्रोबसले ना५ख २९२० नम्बरको ट्रकलाई उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।