Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


अफ्रिका कपको उपाधि क्यामरुनले जित्यो, ईजिप्ट पराजित


0
Shares

गाबोनमा सम्पन्न प्रतियोगिता अन्तर्गत आइतबार राती भएको फाईनल खेलमा ईजिप्टलाई २÷१ ले हराउँदै क्यामरुनले पाँचौ पटक अफ्रिका कपको उपाधि जितेको हो ।

खेलमा ईजिप्टका एल्नेनीले पहिलो गोल गरे । तर क्यामरुनका एन्कुलु र अबुबकारले एक एक गोल गर्दै क्यामरुनलाई उपाधि जिताएका हुन् ।

क्यामारुनको लागि यो पाँचौ उपाधि भएपनि पछिल्लो १५ वर्षमा भने यो पहिलो उपाधि हो । उता अफ्रिकी महादेशको सर्वाधिक सफल टोली ईजिप्टले भने आठौं उपाधि जित्ने अभियान पुरा गर्न सकेन ।