
गाईघाट, फागुन २५ । उदयपुरगढी गाउँपालिकाको मदन भण्डारी लोकमार्ग खन्डको नेपालटारमा शनिबार बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मदन भण्डारी लोकमार्गअन्तर्गत् सडक निर्माणमा काम गर्ने ना१क ८३४७ नम्बरको टिपरले बा९३प ९४३२ नम्बरको मोटरसाइकललाई नेपालटारनजिकै ठक्कर दिएको थियो ।
घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
टिपर चालकको खोजी भइरहेको बताइएको छ ।
नेपालटारका स्थानीयवासी राजन राउतले टिपर चालककले नभएर सहचालकले चलाएका कारण दुर्घटना भएकाले चालक लुकेर बसेको हुनसक्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्