
जापानको ओशाकास्थित कायाशिमा रेलवे स्टेशनमा यो रुखलाई बीचमै पारेर अन्य भौतिक संरचना निर्माण गरिएका छन् । उक्त रेलवे स्टेशन सन् १९१० मा निर्माण भएको हो, जतिबेला यो रुख रेलवे स्टेशनको बाहिरतर्फ पर्दथ्यो ।
जनसंख्या बृद्धिसँगै उक्त रेलवे स्टेशन सन् १९७२ मा स्तरोन्नति गरियो । त्यतिबेला यो रुख काट्न प्रयास नभएको होइन । किनकि रेलवे स्टेशन विस्तार गर्दा रुखले बाधा गर्ने प्राविधिकहरुको निष्कर्ष थियो । रुख भएको स्थानसम्म रेलवे स्टेशनको भौतिक संरचना निर्माण हुने भएपछि रुख काट्नका लागि पहल गरियो ।
स्थानीयहरुका अनुसार रुख काट्न जाने जो कोहीका लागि त्यतिबेला विभिन्न अशुभ घटना निम्तिए । केहीको त मृत्युसमेत भएको बताइन्छ । यस्तो घटनापछि उक्त रुखमा दैवी शक्ति रहेको जनविश्वासका साथ रुखलाई बीचमै पारेर रेलवे स्टेशनको भौतिक संरचना निर्माण गरिएको स्थानीयहरु बताउँछन् ।
तर केही पर्यावरणविदहरु भने रुख मासेर भौतिक संरचना निर्माण गर्नुभन्दा रुखलाई जोगाएरै भौतिक संरचना गर्ने एक खालको सन्देश दिनका लागि यो रुखलाई जोगाइएको तर्क गर्दछन् ।
जे होस्, रेलवे स्टेशनको बीचमा रहेको यो विशाल रुखले अहिले पनि धेरैको मनमा कौतुहलता बनाइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्