नगरपालिकाले हालसम्म करीब ७० लाख रुपैयाँ बराबरको बजेट खर्चेपनि सडक खण्डमा जग्गा धनीबीच सहमति नहुँदा कामले गति लिन नसकेको हो ।
नगरपालिकाको बृहत विकासका लागि सबैजसो वडा छुने गरी २९ किलोमिटर लामो चक्रपथ बनाउने योजना थियो ।
तर वर्षेनी ७÷८ लाख रुपैयाँ बजेट विनियोजन गरेपनि काम हुन भने सकेको छैन ।
घोराही नगरपालिकाले भने विवाद नभएको स्थानबाट काम सुरु गर्ने र विवादित स्थानमा जग्गाधनीसँग छलफल गरी अघि बढ्ने राजनीतिक सहमति भएको जनाएको छ ।
सुरुका वर्षमा वार्षिक २० लाख रुपैयाँसम्म विनियोजन गर्दै आएको नगरपालिकाले कामले गति नलिएपछि पछिल्ला वर्षमा ३÷४ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गर्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्