
किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र समाधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीनजनालाई जेल सजाय र करिब ६ हजार अमेरिकी डलर जरिवाना तोकिएको छ ।
कि र उनका सहयोगीले इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका चिहानबाट कोदाली, पिक र जमिनभित्रको धातु पत्ता लगाउने एउटा यन्त्र (डिटेक्टर)को सहायता लिँदै चिहानबाट बहुमूल्य मुद्रा, गहनासहित पत्थर लुटेको पुष्टि भएको भन्दै अदालतले जेल तथा जरिवना तोकेको हो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्