Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


आयोजकलाई हराउँदै मनाङ–मर्स्याङ्दीले जित्यो झापा गोल्डकप


0
Shares

सोमबार भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

डोमलाल राजवंशी रंगशालामा भएको खेलको ६३औं मिनेटमा नाइजेरियन खेलाडी ओलावालेले गोल गर्दै मनाङलाई जिताएका हुन् ।

निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली चुमाएका हुन् । त्यही गोल नै मनाङको जितमा निर्णायक बन्यो ।

‘ए’ डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधि जितेसँगै मनाङले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता झापाले साढे तीन लाख रुपैयाँ पाएको छ ।

खेलको ‘म्यान अफ द म्याच’ मनाङका निराजन मल्ल घोषित भए ।

‘प्लेयर अफ द टुर्नामेन्ट’ मनाङकै रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे ।

झापा–११ अघिल्लोपटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो । 

सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई तथा झापा–११ ले हिमालयन शेर्पालाई हराउँदै फाइनलमा पुगेका थिए ।