Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


नेपाल एयरलायन्सको नयाँ वाइडबडी एअरबस खरिद प्रक्रिया अन्तिम चरणमा


0
Shares

नेपाल सरकारले २०७२ भदौमा निगमका लागि विमान खरिद गर्न ग्यारेन्टी बस्ने स्वीकृति प्रदान गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन बाटो खुलेको थियो ।

निगमले सोमबार पत्रकार सम्मेलन गरी २७ जनवरी २०१७ मा निगम र एएआर कम्पनीबीच यसै सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भैसकेको जनाएको छ ।

महाप्रबन्धक सुगतरत्न कंशाकारले एयरबस खरिदका लागि अमेरिकी एयरबस कम्पनी एएआर कर्पोरेसनसँग आगामी मार्चमा खरिद सम्झौता गर्ने लक्ष्य राखिएको जानकारी गराए ।

ए ३२०—२०० सिरिजको दुईओटा एयरबस उपलब्ध गराउन एएआर कर्पोरेसन सहमत भइसकेको छ । दुबै विमान १ सय ४ मिलियन अमेरिकी डलरमै पाइने भएको जनाइएको छ ।

यसअघि यसका लागि २२५ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो ।

एएआर कर्पोरेसनले अनुमानको आधाभन्दा निकै सस्तोमा जहाजहरु उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ ।

२८० सिट क्षमताको नयाँ एअरबसमा १६ सिट विजनेस क्लास र अरु बाँकी इकनमी क्सासका सिट हुने जनाइएको छ ।

यी विमान सन्चालनसँगै दमाम, सिओल, सिड्नी, टोकियोमा नयाँ गन्तव्यकारुपमा नियमित उडान गरिने निगमको व्यवसायिक योजना छ ।

खासगरी नयाँ विमानहरु अहिले श्रमिक यात्रीहरुमा निर्भर रहेकोमा वाइडबडीको प्रवेशपछि पर्यटन क्षेत्रमा परिलक्षित रहने निगमले जनाएको छ ।

आगामी वर्षभित्र दुबै जहाज नेपाल आइसक्ने विश्वास गरिएको छ ।