Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उच्च अदालतका दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस


0
Shares

                                                                                               फाइल फोटो

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश डा. कुलरत्न भुर्तेललाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिए । रासस