
कतार कम्पनीको विमान नम्बर ‘क्यूआर ९२०’ ले आफ्नो निर्धारित् १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित् समयभन्दा केही मिनेटपहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीद्वारा ट्वीटमार्फत् जानकारी गराइएको छ ।
यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दुरी पार गरी केही समयपहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको कीर्तिमानलाई छायाँमा पारिदिएको छ ।
इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीकोभन्दा ३०० किलोमिटर कम उडान भरेर रेकर्ड बनाएको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्