२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


भारतमा भूकम्पको धक्का, नेपालमा पनि महसुस


0
Shares

५ दशमलव ८ म्याग्निच्युड मापन गरिएको भूकम्पको केन्द्रबिन्दु भारत देहरादुनको उत्तर पूर्व १ सय १४ किलोमिटर टाढा रुद्रप्रयागनजिक रहेको जनाइएको छ ।

दिल्लीसहित उत्तर प्रदेश, हिमाञ्चल तथा हरियाणामा पनि भूकम्पको धक्का महशूस भएको थियो भने मानिसहरु सडकका निस्केका थिए ।

राति १० बजेर ४९ मिनेटमा भएको भूकम्पका कारण कुनै मानवीय र भौतिक क्षति नभएको जनाईएको छ ।

अमेरिकी भूगर्भ विभाग युएसजिएसले भने ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प रहेको जनाएको छ । त्यस्तै यता भूकम्पको झड्का नेपालमा पनि महसुस गरिएको छ ।

भूकम्पको झड्का सुदूरपश्चिमको कञ्चरपुर आसपासमा क्षेत्रमा महसुस गरिएको हो ।

भूकम्प गएको केही सेकेण्डसम्म कम्पन बारम्बर आइरहेको स्थानीले बताएका थिए । सुदुरपश्चिमका केही जिल्लामा झड्का महशुस भएको हो ।