Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


खेलकुद क्षेत्रको विकास अपरिहार्य: उपराष्ट्रपति पुन


0
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फ्रेन्ड्स अफ लाजिम्पाटले आज काठमाडौंमा गरेको महिला दौड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद स्वास्थ्यका लागि पनि आवश्यक रहेकोमा जोड दिए ।

उनले मुलुकको आर्थिक र सामाजिक विकासका लागि खेल क्षेत्रको विकास गर्नैपर्ने बताए ।

खेलकुद क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै उपराष्ट्रपति पुनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए ।

महिला दौड प्रतियोगितामा प्रथम बेबीकला राई, द्वितीय लिलाराज भण्डारी र तृतीय संजिन राई भएका छ्न् ।

विजयी महिला खेलाडीलाई उपराष्ट्रपति पुनले पुरस्कारसमेत वितरण गरे ।