Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कैलालीमा ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी तिव्र


0
Shares

यहि माघ २९ गतेदेखि फागुन १३ गतेसम्म आयोजना हुन लागेको ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाको तयारी तिव्र रुपमा भैरहेको आयोजकले जानकारी दिएको छ ।

एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सुर्यनारायणको मन्दिर लगायत थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा रहेको श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धामको उद्घाटन श्री पशुपतिनाथ मन्दिरका मुल भट्ट (प्रधान अर्चक) ले गर्ने धामका अध्यक्ष एवम् समाजसेवी श्याम तायलले बताए ।

माघ २९ गते देखि फागुन १ गतेसम्म ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरिने र फागुन २ गते पशुपतिनाथ मन्दिरका मुल भट्ट (प्रधान अर्चक) ले उद्घाटन गर्दै हेलिकप्टरबाट मन्दिर र धनगढी क्षेत्रमा पुष्पवृष्टि गरिने अध्यक्ष तायलले जानकारी दिए ।