२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सिरिया सरकारले नै हजारौं सर्वसाधारणलाई हत्या गरिरहेको छ : एम्नेष्टी


0
Shares

त्यस्ता १३ हजार सर्वसाधारणलाई गोप्य रुपमा कारागारमै मारिएको एमनेष्टीको दावी छ ।

सन् २०११ सेप्टेम्बरदेखि २०१५ को डिसेम्बरसम्म हरेक हप्ता जस्तो स्याद्नाया कारागारमा सामूहिक रुपमा हत्या गर्ने गरिएको एमनेष्टीको दावी छ ।

प्रत्येक वा दुई हप्ताको अन्तरमा २० देखि ५० जनाको सामूहिक हत्या गरिएको एम्नेष्टीको हालै प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।

सर्वसाधारणको हत्यामा सिरियाका उच्च अधिकारी नै संलग्न रहेको प्रतिवेदनमा जनाइएको छ ।

सरकारले भने नागरिक वेपत्ता पार्ने र वेपत्ताकै अवस्थामा उनीहरुलाई हत्या गर्ने आरोप अस्वीकार गर्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार विज्ञहरुले पनि सिरियामा सामूहिक हत्या गर्ने गरिएको आफूसँग प्रमाण नै रहेको जनाएको थियो ।

पूर्व गार्ड, बन्दी र जेलरहरुसँगको अन्तर्वार्ताको क्रममा यो कुरा पुष्टि भएको एमनेष्टीको दावी छ ।

उनीहरुलाई हत्या गर्नुअघि भने सैनिक अदालतमा सुनुवाईका लागि ल्याइने र करीब तीन मिनेटमा प्रक्रिया सकाइने गरिएको पनि जनाइएको छ ।(एजेन्सी)