उच्च अदालतमा न्यायपरिषदले गरेको न्यायाधीश नियुक्तिको विरोध गर्दै नेपाल बार एसोसिएसन पर्साको अगुवाईमा कानून व्यवसायीले पाँच दिन यता जिल्ला र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको मूल गेटमै धर्ना दिएका हुन् ।
धर्नाका कारण अदालतको काम अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । धर्ना बसेका कानून व्यवसायी बहसका लागि उपस्थित नहुँदा इजलाश सन्चालनमा समस्या भएको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार खङ्गबहादुर श्रेष्ठले जानकारी दिए ।
न्यायपरिषदले गरेको न्यायाधीश नियुक्तिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कानून व्यवसायीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्