Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


भूकम्पले ध्वस्त रसुवाका विद्यालय धमाधम पुनर्निर्माण


0
Shares

भूकम्पले ध्वस्त बनेका रसुवाका एक चौथाई विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा धमाधम निर्माण गर्न थालिएको हो ।

जिल्ला सदरमुकामदेखि विकट मानिने यार्सा र भुमन गाविसमा २५ विद्यालय निर्माण भइरहेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ ।

जिल्लाको विकट तथा सदरमुकाम नजिक गाविसका २५ विद्यालय पुनर्निर्माण भइसकेको र बाँकी पनि बन्ने प्रक्रियामा रहेको सहायक जिल्ला शिक्षा अधिकारी भाष्कर गौतमले बताए ।

जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार संघ संस्थाको समन्वयमा बनाईने बिद्यालय भवनहरु भूकम्प प्रतिरोधी एवं बाल र अपाङ्गमैत्री हुने छन् ।

ल्याकोष मानेकोर सोसाइटीे, करुणा फउण्डेसन, कृषि वन प्रतिष्ठानलगायतका संस्थाले विद्यालय निर्माणमा सघाएका छन् ।