Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


बिम्स्टेकको विदेशमन्त्रीस्तरीय बैठक जुनमा काठमाडौंमा


0
Shares

बैठकपछि मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आगामी मार्चमा ऊर्जामन्त्रीस्तरीय र जुनमा विदेशमन्त्रीस्तरीय बैठक गर्ने निर्णय भएको जानकारी दिए ।

परराष्ट्रसचिव बैरागीले आगामी जुन ६ तारिखमा बिम्स्टेक गठन भएको २० वर्ष पुग्ने भएकोले त्यसलाई विशेष किसिमले मनाउन प्रत्येक राष्ट्रका दुई/दुईजना विशेषज्ञ गरी १४ सदस्यीय प्रबुद्ध समूहको गठन गरिने जानकारी पनि दिए ।

उनले भारतको गोवामा भएको बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखहरुले पारित गरेको १६ बुँदे एजेन्डा कार्यान्वयनका लागि समूह बनाउने सहमति भएको जानकारी दिए ।