
मन्त्रालयले राष्ट्रपतिको शासकीय आदेश राष्ट्रिय सुरक्षाको हितमा रहेको पुनरावेदन अदालतसमक्ष जिकिर गरेको छ ।
राष्ट्रपतिको आदेश अधिकारको कानुनसम्मत अभ्यास भएको र यसबाट मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक नलगाइएको भन्दै मन्त्रालयले अदालतसमक्ष औपचारिक दलिल पेस गरेको हो ।
राष्ट्रपति ट्रम्पले सिरियाका शरणार्थीलाई अर्को आदेश जारी नभएसम्म र सात बहुल मुस्लिम मुलुकका नागरिकलाई तीन महिनासम्म अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
तर, न्यायाधीशहरुले भने राष्ट्रपतिको आदेश असंवैधानिक र राज्य हितविपरीत भएको बताएका छन् ।
यस सम्बन्धमा सन फ्रासिस्कोस्थित एक संघीय अपील अदालतमा मंगलबार (आज) सुनुवाइ हुँदैछ ।
यसअघि, सियाटलको एक अदालतले ट्रम्पको आदेशविरुद्ध अस्थायी रोक लगाइसकेको छ ।
यता, विभिन्न १६ राज्यका महान्यायाधिवक्ताहरुले यात्रा प्रतिबन्ध आदेशको निन्दा गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्