अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्