३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त


0
Shares

काठमाडौं । भारतमा मिग–२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ ।

विमान दुर्घटना भए पनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)