२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


कोलोम्बियामा बिद्रोही समूह ईएलएन र सरकारबीच शान्तिवार्ता हुने


0
Shares

पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ई.एल.एन.सँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको हो ।

इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तालाई निकै महत्वका साथ हेरिएको छ । राष्ट्रपति जुआन म्यानुएल सान्तोसको पहलमा हुन लागेको वार्तापछि ई.एल.एन समूह शान्ति प्रक्रियामा फर्कने आशा गरिएको छ ।

यसअघी राष्ट्रपतिकै नेतृत्वमा बिद्रोही समूह फार्कसँग भएको शान्ति वार्ता सफल भएको थियो । यो वार्ता सफल हुन चार वर्ष लागेको थियो ।

ई.एल.एनले कोलोम्बियाका पूर्व सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि कोलोम्बियाली सरकारले वार्ता गर्ने निर्णय गरेको हो ।

वार्ताको प्रक्रिया सुरु भएसँगै ई.एल.एन.ले आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई करिब १० महिनापछि मुक्त गरेको छ ।

सो समूहले कोलम्बियाको कारागारमा रहेका आफ्ना दुई सदस्यलाई मुक्त गरेपछि आफ्नो कब्जामा रहेका सरकारी अधिकारीलाई छाड्ने सर्त तेस्र्याएपछि वार्ताको वातावरण बनेको हो । (एजेन्सी)