२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


ओबामाको गर्धनमा अर्बपतिको हात ! मुक्काले प्रतिकार !! (फोटो फिचर)


0
Shares

भविष्यमा उनले आफूलाई के–कस्ता काममा व्यस्त राख्नेछन् र उनको भूमिका कस्तो हुनेछ भन्नेबारे प्रश्नहरु अनुत्तरित नै छन् । भर्खरै उनी साताव्यापी घुमफिर सकेर वासिंटन फर्किएका छन् ।

ओबामाका घुमफिरका केही तस्वीर प्रकाशमा आएका छन् । अर्बपति मित्र रिचर्ड ब्रेनसनका साथ ओबामाले भर्जिन आइल्याण्डमा केही समय बिताएका थिए । ब्रेनसनकै नीजि द्वीपमा ओबामा र ब्रेनसनले रमाइलो गरेको तस्वीर प्रकाशमा आएको हो ।

ब्रेनसन र ओबामाले ‘वाटर स्पोर्ट’को मजा लिए । दुवैबीच केही ठट्टा र रमाइलो पनि भयो । वाटर सर्फिङमा दुबैबीच प्रतिश्पर्धा पनि भयो । बाजी ओबामाले मारे । अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको ८ वर्षसम्म आफूले यति खुलेर रमाइलो गर्न नपाएको ओबामाको भनाइ थियो ।

ब्रेनसनले ओबामासँगका अनुभव र तस्वीर सार्वजनिक गरेका हुन् । उनले भने, ‘राष्ट्रपति बन्नुअघि ओबामा मोस्किटो आइल्याण्ड गएका थिए, त्यहाँ उनले सर्फिङ गरेका थिए । उनका सुरक्षा टिमका प्रमुखले राष्ट्रपति पदमा रहुन्जेल ओबामाबाट यस्तो काम अब हुनेछैन भनेका थिए ।’

संयोगवस ओबामाको कार्यकाल सकिएलगत्तै आफूले ओबामालाई स्वागत गर्न पाएको र बिदाको सदुपयोगमा साथ दिन पाएकोमा ब्रेनसनले आफूलाई भाग्यमानी ठानेका छन् ।

दुबै एउटै मोटरबोटमा सवार भएर केहीबेर ख्यालठट्टा गरे । यसक्रममा ब्रेनसनले ओबामाको गर्धन दुबै हातले समातेको र प्रतिकारमा ओबामाले मुक्का उठाएको दृष्य तस्वीरमा कैद भएको छ । (एजेन्सी)