Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


सर्बाधिक धनराशीको धनगढी प्रिमियर लिगको तयारी तिव्र


0
Shares

धनगढी क्रिकेट लिग र एसपीए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको धनगढी प्रिमियर लिगका लागि मैदान निर्माणको काम दु्रत गतिमा भइरहेको हो ।

लिगको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट र सह–प्रायोजक जगदम्बा इन्टरप्राईजेजका साथै अन्य प्रायोजकहरुसँग सम्झौता भएपछि प्रतियोगितालाई सफल बनाउन आयोजक खेलको तयारीमा जुटेको हो ।

ट्वेन्टी–ट्वेन्टी स्वरुपमा खेलाइने प्रतियोगितामा ६ टोलीले अक्सनका आधारमा खेलाडी प्रशिक्षण गराइरहेका छन् ।

मैदानको काम बाहेक ७० प्रतिशत तयारी सकिएको धनगढी प्रिमियम लिगका संयोजक सुवास शाहीले जानकारी दिए ।

धनगढी प्रिमियर लिग प्रतियोगिता विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।