२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


वसुन्धरामा विस्फोट


0
Shares

काठमाडौं, फागुन २४ । काठमाडौंको वसुन्धरामा शुक्रबार साँझ विस्फोट भएको छ ।

वसुन्धराचोकनजिकै गणेशथान भन्ने स्थानको एउटा घरभित्र पार्किङमा राखिएको कारमा विस्फोट भएको हो ।

विस्फोटबाट कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने एकजना घाइतेसमेत भएको थाहा भएको छ ।

विस्फोट भएको स्थानमा ठूलो खाल्डो परेको छ । विस्फोटपछि घरमा आगोसमेत लागेको छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको छ ।

कारभित्र बम विस्फोट भएको हो वा अरु कुनै चिज पड्किएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।