नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले कोइरालाको स्मृति दिवस मनाउँदै छन् । कोइरालाको गत वर्षको माघ २६ गते निमोनियाका कारण निधन भएको थियो ।
उनी २०६७ साल भदौ २५ गतेदेखि कांग्रेसको सभापति थिए । २०७० माघ २७ गते संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका कोइरालाले संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज २३ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
संविधान जारी गर्न कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विभिन्न क्याम्पसहरुमा पनि विद्यार्थीहरुले स्मृती दिवस मनाएका छन् ।
राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवि संघका केन्द्रीय सदस्य डम्बरराज जोशी, शैलेन्द्र शर्मा गौंडेल, एलिजा ढकाल साथै क्याम्पस इकाइका उत्तम साउदलगायतको अगुवाइमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो ।





प्रतिक्रिया दिनुहोस्