४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सडकमा प्रेम, सुरुङमा बास, यस्तो छ यो जोडीको प्रेमकहानी (फोटोफिचर)


0
Shares

मारिया र मिगुयेल २२ वर्षदेखि एउटा सुरुङमा बस्दै आएका छन् । सडकको ढल बग्ने सुरुङभित्र उनीहरुले प्रेमको सानो संसार नै बनाएका छन् । त्यही संसारमा उनीहरु २२ वर्षदेखि सुख–दुःख काट्दै आइरहेका छन् ।

कोलम्बियाको मेडेल्लिनमा उनीहरुबीच सडकमै पहिलो भेट भएको हो । त्यही भेटपछि उनीहरुबीच प्रेम सम्बन्ध गाँसिएको हो ।

त्यतिबेला दुवै लागू पदार्थको दुर्व्यसनमा थिए । दुवैलाई आफ्नो भविष्यको चिन्ता थिएन । तर जब प्रेम सम्बन्ध बढ्दै गयो, दुवैले सोच परिवर्तन गरे । लागू पदार्थको दुर्व्यसनबाट मुक्त हुनका लागि दुवैले साझा प्रयास गरे । अन्ततः दुवै आपसमा विवाह बन्धनमा बाँधिए ।

समाचार एजेन्सीहरुका अनुसार त्यतिबेला उनीहरुसँग पैसा थिएन । आश्रयको खोजीमा उनीहरु यता–उता भौंतारिए । सडक छेउको ढलभित्र उनीहरुले आश्रय लिए । त्यही ढलभित्र उनीहरुले २२ वर्ष बिताइसकेका छन् ।

मेहनत गरेर कमाएको केही पैसाबाट उनीहरुले टेलिभिजन, पंखा, भाँडालगायतका सामान जोडेका छन् । ढलभित्रै सानो किचेन छ । एउटा बेड छ । एउटा घरका लागि चाहिने आवश्यक सामानहरु उनीहरुले जुटाइसकेका छन् ।

उनीहरुले कुकुर पनि पालेका छन् । घरको सुरक्षामा उनीहरुको सहयोगी बनेको छ कुकुर ।

स्थानीय संचारमाध्यमले उक्त जोडीलाई उद्धृत गर्दैै लेखेको छ, ‘हामीले सडकमै प्रेम पायौं, सडकमै यसलाई हुर्कायौं, अब त पैसा भए पनि हामी सडकमै बस्छौं ।’ (एजेन्सी)