साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास पुनःनिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।
‘यो पहिलो चरणमा आएको तथ्याङ्क हो, अन्य पनि क्रमशः आउँछन्,’ उनले भने ।
विसं २०७२ मा गएको भूकम्पका कारण घर क्षति भएको र पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको सूचीमा नाम नपरेको भन्दै २१ हजार ९ सय १९ जनाले गुनासो फारम भरेका थिए । तीमध्ये पहिलो चरणमा आठ हजार ३ सय २८ जनाको गुनासो सम्बोधन भएको छ ।
सम्बोधन भएको गुनासोमध्ये जिल्लाको बनेपा, पनौती नगरपालिका र अन्य विभिन्न ३४ वटा गाविसको भएको जानकारी दिँदै अधिकृत ढकालले पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरणको तयारी भइरहेको बताए ।
प्राधिकरणले आठ हजार ३ सय २८ मध्ये दुई हजार १ सय ५८ जनाको तथ्याङ्क नभेटिएको भन्दै पुनःसर्वेक्षण गर्नुपर्ने, एक हजार ६ सय १४ जनाको बहुस्वामित्वमा रहेको र पुनरावलोकनबाट लाभग्राहीको सूचीमा नाम समावेश गरिएको ४ सय २३ जनाको नाम बेमेल तथा अपूरो सूचना भएकाले स्थलगत निरीक्षण गर्नुपर्ने भन्दै जिल्ला विकास समितिलाई पत्राचार गरेको छ । (रासस)









प्रतिक्रिया दिनुहोस्