Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न कांग्रेस सभापति देउवाको आग्रह


0
Shares

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको पहिलो स्मृति दिवसमा पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा उनले सात भित्र तीनै तहको निर्वाचन सम्पन्न हुने दाबी गरे ।

देउवाले निर्वाचन सम्पन्न गर्न कांग्रेसले अग्रसरता लिने बताए । निर्वाचन नचाहने केही तत्वले निर्वाचन हुँदैन भन्ने भ्रम सृजना गरेको भन्दै त्यसको पछि नलागी चुनावको वातावरण बनाउनन सबैसंग आग्रह गरे ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस मधेश हैन देश अभियान लिएर जनतामाझ जाने बताए । निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेकाले लचकता देखाउन एमाले र मधेसवादी दललाई उनको आग्रह थियो ।

कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिहं, कृष्णप्रसाद सिटौलालगायतले संविधान कार्यान्वयनका लागि निर्वाचनको आवश्यकता रहेकाले जसरी पनि निर्वाचन गर्नु पर्नेमा जोड दिए ।

उनीहरुले स्वर्गीय कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गरे कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको गत वर्ष माघ २६ गते निमोनियाका कारण निधन भएको थियो ।