सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता विजय युथ क्लबलाई २–१ ले हराउँदै संकटाले फाइनलमा ठाउँ पक्का गरेको हो ।
खेलको पहिलो मिनेटमै विमल रानामगरले गोल गर्दै विजयलाई अग्रता दिलाए । तर, २७औं मिनेटमा यु–१९ टिमका खेलाडी अनिल गुरुङ र ८९औं मिनेटमा राज पौडेलले गोल गर्दै संकटालाई जिताएका हुन् ।
अर्को सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।
क्वार्टरफाइनलमा आर्मीले वीरगन्ज युनाइटेडलाई ३–० ले तथा हिमालयनले रुपन्देही–११ लाई १–० ले हराएर सेमिफाइनलमा ठाउँ बनाएका हुन् ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार तथा उपविजेताले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।





प्रतिक्रिया दिनुहोस्