Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


देश टुक्र्याउने कुरा गर्ने जो–कोही भएपनि नछोड्ने प्रधानमन्त्रीको चेतावनी


0
Shares

बुधबार चितवन औद्योगिक प्रदर्शनी केन्द्रको भरतपुरमा शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले देश टुक्र्याउने कुरा गर्ने जो–कोही भएपनि नछोड्ने चेतावनी दिए ।

‘लोकतन्त्रको यो जमानामा आएर देश टुक्र्याउने कुरा गर्नेलाई छुट दिन सकिँदैन’–उनले भने–‘सरकार कठोररुपमा प्रस्तुत् भएको छ ।’

चितवन उद्योग संघले २ बिगाहा ७ कठ्ठा जग्गामा प्रदर्शनी केन्द्र निर्माण गर्न लागेको संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

घरेलु उद्योग कार्यालयको नाममा रहेको सो जग्गा चितवन उद्योग संघले २९ वर्षका लागि ‘लिज’मा लिएर आधुनिक प्रदर्शनी केन्द्र निर्माण गर्न लागेकोे हो ।

प्रदर्शनी केन्द्र निर्माणका लागि ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि १५ करोड रुपैयाँ सरकारसँग अनुदानकारुपमा माग गरिएको छ ।

प्रदर्शनी केन्द्रमा सुविधा–सम्पन्न ठूला तीनओटा प्रदर्शनी भवन रहने जनाइएको छ ।