बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा विमान नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरिएको हो ।
पर्यटनमन्त्री जीवनबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत यु हङको उपस्थितिमा चिनियाँ विमान निर्माता कम्पनी एभिक कम्पनीले निगमलाई ‘एमए ६०’ र ‘वाई १२ ई’ हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मन्त्री शाहीले प्रविधिका हिसावले चिनियाँ विमान उत्कृष्ट रहेको भन्दै कुनै शंका नगर्न आग्रह गरे ।
उनले सहि व्यवस्थापनकासाथ दुर्गम क्षेत्रमा यो विमान उडान गर्न निगमलाई आग्रह गरे ।
उनले नेपाली पाइलट, इन्जिनियरलाई तालिम दिने व्यवस्था गर्न राजदूतमार्फत् चीन सरकारलाई आग्रह पनि गरे ।
चिनियाँ राजदूत हङले यी विमानको उडानले नेपालको पर्यटन क्षेत्रको प्रबद्र्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।









प्रतिक्रिया दिनुहोस्