
काठमाडौं, फागुन २४ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा आफूहरुलाई अनावश्यकरुपमा मुछेर बेइज्जत गरेको भन्दै ‘बबिता’ भनिने अनिता बमले शुक्रबार कन्चनपुर जिल्ला अदालतमा गाली–बेइज्जती मुद्दा दर्ता गरेकी छन् ।
मुद्दामा कानुन व्यवसायी एवं मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालसहित तीनजनालाई विपक्षी बनाइएको छ ।
विपक्षी बनाइएका अर्याल नेपाल मानव अधिकार संगठन (ह्युरोन)का अध्यक्ष हुन् ।
यस्तै, पत्रकार खेम भण्डारी र भक्ति फुलारालाई पनि विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्