Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


एफए कपमा लेस्टर सिटी विजयी, ‘रि-प्ले’मा डर्बी काउण्टी पराजित


0
Shares

प्रतियोगिताअन्तर्गत चौथो चरणको रि प्ले मा प्रिमियर क्लब लेस्टर सिटीले दोस्रो श्रेणीको डर्बी काउण्टीलाई ३-१ ले हरायो ।

यसअघि भएको पहिलो खेल बराबरीमा सकिएपछि रि प्ले खेलाउनुपरेको हो । लेस्टर सिटीको मैदानमा भएको रि प्लेको निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरी भयो ।

थपिएको ३० मिनेटमा दुई गोल गर्दै लेस्टर सिटी विजयी भएको हो । खेलमा लेस्टर सिटीलाई विजयी गराउन एण्डी किङ, विल्फ्रेड एण्डीडी र डेमाराई ग्रे ले एक/एक गोल गरे ।

यो जित लेष्टर सिटीका लागि सन् २०१७ मा आफ्नो मैदानमा हात पारेको पहिलो जित हो ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको लेष्टर सिटीलाई रातीको जितले केही राहत मिलेको छ ।