२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


आइएसद्वारा अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या


0
Shares

हतियारधारीहरुले जोजजान प्रान्तमा रेडक्रसका कर्मचारीमाथि आक्रमणपछि गोली हानी हत्या गरेका हुन् । कर्मचारीको हत्यापछि रेडक्रसले अफगानिस्तानमा आफ्ना सम्पूर्ण कार्यक्रम अस्थायी रुपमा स्थगित गरेको जनाएको छ ।

आइएस समर्थित लडाकुहरुको समूहले आठ जना कर्मचारीलाई अपहरण गरेकोमा ६ जनाको गोली हानी हत्या गरेको रेडक्रसले जनाएको छ ।

घटनाका पीडित सबै जना अफगानिस्तान कै रहेका छन् । आक्रमणकारीहरुको खोजीका लागि प्रहरीले सुरक्षा कारबाही कडा र तिब्र बनाएको बताएको छ ।

घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरतर्फ पर्दछ । (एजेन्सी)