Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


उदयपुरको चौदण्डीगढीमा भ्यू-टावर निर्माण हुने


0
Shares

चौदण्डीगढी दरबारबाट १ किलोमिटर पश्चिममा पर्ने बतासेडाँडामा भ्यू–टावर बनाउन लागिएको हो । २०७२ साल भदौदेखि निर्माण सुरु गरिएको भ्यू टावरको काम २०७४ सालको असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

५५ लाख ८८ हजार सरकारी अनुदान, १३ लाख ९७ हजार बराबरको जनश्रमदानसहित ६९ लाख ८५ हजार रुपैयाँको लागतमा निर्माण हुने टावर ४४ फिट उचाई र १८ मिटर चौडा रहने बताइएको छ ।

टावरबाट एकैपटकमा ४० जनासम्मले तराईका थुप्रै जिल्ला, भारतको विहार उत्तर प्रदेश र पश्चिम बंगालका विभिन्न स्थानसहित उत्तरतर्फ कञ्चनजंघा, मकालु, सगरमाथा सहित थुप्रै हिमशृङ्खलाको दृष्यावलोकन गर्न सक्ने छन् ।

३ सय वर्षअघि सेन वंशीय राजाले राज्य गरेको भग्नावशेषका रुपमा रहेको दरबार क्षेत्रमा भर्खरै मात्र सहरी विकास मन्त्रालय र पर्यटक कार्यालयको ध्यान पुग्न लागेको चौदण्डीगढी दरवार संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष रोहित तामाङले बताए ।