चौमाला गाविस–३ गप्कामा तपराज भट्टले शुरु गरेको च्याउखेतीले उनको जीवनमै परिवर्तन ल्याइदिएको हो ।
उनले च्याउ बिक्रीबाटै वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले उत्पादन गरेको च्याउको माग अत्याधिक भएपछि उपभोक्तालाई पुर्याउनै हम्मेहम्मे हुने गरेको छ ।
६० वर्षीय भट्टले शिक्षकबाट अवकास पाउनु तीन वर्ष अघिदेखि नै च्याउ खेती गर्न थालेका हुन् । उनले च्याउका साथै अन्य तरकारी खेतीसमेत गरेका छन् ।
करिब ६ कट्ठा जग्गामा उनले काउली, बन्दा, मुला, चुकन्दरलगायतका तरकारी लगाएका छन् । उनले उत्पादन गरेको अर्गानिक तरकारी किन उपभोक्ता बारीमै पुग्ने गरेका छन् ।
कामका लागि भौंतारिएर विदेशीने युवा जमातका लागि कृषक भट्ट गतिलो उदाहरण बनेका छन् ।









प्रतिक्रिया दिनुहोस्