२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


ट्रम्पले प्रस्ताव गरेका जेफ सेसन्स महान्यायाधीवक्ता बन्ने निश्चित


0
Shares

अलाबामाका सिनेटर सेसन्सलाई महान्यायाधिवक्ता बनाउने पक्षमा सिनेटले बहुमत दिएको हो । सिनेटमा सेसन्सको पक्षमा ५२ तथा विपक्षमा ४७ मत परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

लामो सुनुवाईपछि सिनेटले उनलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने बाटो खोलेको हो । सुनुवाईको क्रममा डेमोक्रेटिक सिनेटरले सेसन्सको मानवअधिकारमाथिको प्रतिबद्धताप्रति प्रश्न गरेका थिए ।

सेसन्सका क्रियाकलाप मानवअधिकारको पक्षमा नरहेको डेमोक्र्याटिक सिनेटरको भनाई छ । डेमोक्र्याटिक सिनेटर एलिजाबेथ वार्रेनले सेसन्सले रंगभेदी व्यवहार गर्ने गरेको आरोप लगाएका थिए । उनले आफ्नो आरोप फिर्ता लिए पनि मत हालेनन् ।

सेसन्स राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका मध्ये सबैभन्दा विवादित व्यक्ति हुन् । सिनेटरले पार्टीको निर्देशनअनुसार नै सेसन्सको पक्ष र विपक्षमा मत खसालेका थिए ।

तर वेष्ट भर्जिनियाका डेमोक्रयाटिक सिनेटर जेए म्यानचिनले भने सेसन्सको पक्षमा मत दिएका थिए ।

कार्यवाहक महान्यायाधीवक्ता साली यट्सले मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको विरोध गरेपछि ट्रम्पले उनलाई बर्खास्त गरेका थिए । (एजेन्सी)