
राष्ट्रपति इभो मोरेल्सले कृषि बालीमा फट्याङ्ग्राको हमला नियन्त्रण गर्न आपतकालीन योजना बनाउने तयारी गरेका छन् । यसका लागि धुवाँको माध्यमबाट किराको संक्रमण नियन्त्रणमा लिने विधि अपनाउन ७ लाख डलरको कोष खडा गरिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार केही साताअघि सान्टा क्रुज क्षेत्रको पूर्वी भागमा फट्याङ्ग्राको ठूलो समूह देखिएको थियो । देशमा खाद्यान्न तथा मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्याङ्ग्राको बिगबिगी बढेपछि सरकार चिन्तित भएको हो ।
फट्याङ्ग्राले सो क्षेत्रमा लगाइएको बाली नष्ट तुल्याएको बताइएको छ । अधिकारीहरुले गरेको प्रारम्भिक आँकलनअनुसार सो क्षेत्रमा करब एक सय हेक्टर क्षेत्रमा लगाइएको बाली फट्याङ्ग्राले नष्ट तुल्याएको छ ।
राष्ट्रपति मोरेल्स शुक्रबार फट्याङ्ग्रा प्रभावित क्षेत्रमा निरीक्षणका लागि जाने कार्यक्रम रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्