Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


अजयमेरुकोट पुग्ने सडक २० वर्ष वितिसक्दा पनि निर्माण पूरा भएन (भिडियो)


0
Shares

-टेकराज अवस्थी, ईमेज

वि.स. २०५३ सालदेखि निर्माण सुरु गरिएको सडकको अहिलेसम्म मात्र ९ किलोमिटर मात्र काम सम्पन्न भएको छ । पर्याप्त बजेट नहुँदा सडक निर्माणको काममा ढिलाई हुँदै गएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुने पर्याप्त आधार भएको १२ औं शताब्दीको चौबिसे राज्यको राजधानीको रुपमा रहेको प्रसिद्ध ऐतिहासिक तथा सामरिकस्थल अजयमेरुकोट विकासमा पछाडि पर्दै गएको छ ।

अजयमेरुकोट पुग्ने सडक निर्माण गर्न थालिएको २० वर्ष भए पनि ९ किलोमिटर मात्र बनेको छ । अजयमेरुकोटलाई पर्यटकीय स्थल बनाउन सडक सञ्जालले जोड्ने भन्दै सरकारले वार्षिक २/४ लाख रुपैयाँ मात्र विनियोजन गर्ने गरेको छ ।

सरकारले विनियोजन गरेको रकम अपुरो हुँदा सडक निर्माणमा ढिलाई भएको गुनासो स्थानीयको छ । अजयमेरुकोट पुग्ने १८ किलोमिटर सडक निर्माणका लागि सरकारले २०५३ सालदेखि अहिलेसम्म करिब १ करोड रुपैयाँ मात्र रकम विनियोजन गरेको छ ।

त्यसमध्ये नौ किलोमिटर सडक भने खनिएको छ । त्यसमा पनि करिब पाँच किलोमिटर सडकमा मात्र यातायात सञ्चालन गर्न सकिने छ ।

निर्माण भएको सडक पनि खाल्डाखुल्डी बढी भएकाले सवारी सञ्चालन गर्न कठिन भएको छ । जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने यो सडक निर्माणमा सरकारले बेवास्ता गरेको आरोप स्थानीयको छ ।

अजयमेरुकोटको विकासका लागि प्रमुख पूर्वाधार रहेको यो सडक नबन्दा बत्ती मुनिको अध्ँयारो भन्ने उत्तिको पर्याय मात्र बनेको छैन सडक अधुरो र अपुरो भएकाले अमरगढी नगरपालिकाको वडा नंं ४ र ५ का ७ गाउँका जनताले बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता छ ।

ऐतिहासिक गरीमा बोकेको अजयमेरुकोट अवलोकन गर्न, स्थानीय कृषि उपजलाई बजारसम्म सहज पुर्‍याउन पनि यो सडकको निर्माण र स्तरोन्नति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।