Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रुकुमको तकसेराबासीद्वारा जिविस कार्यालय घेरावन्दी, कामकाज प्रभावित


0
Shares

बुधबार बिहान साढे १० बजेबाट जिविस कार्यालय घेरेर बसेका उनीहरुले आजसम्म पनि नछोड्दा जिल्लाका सबै काम प्रभावित बनेका छन् ।

तकसेराबासी रातभर कार्यालयमै बसेका थिए । तकसेराबासीले बिहान कार्यालय पुगेका कर्मचारी र सेवाग्राहीलाई कार्यालय प्रबेश गर्न नदिँदा कार्यालयबाट दैनिक संचालन हुने काम प्रभावित बनेको छ ।

यसका साथै उनीहरुले हिजोदेखि गरेको जिल्ला बन्द आज पनि जारी छ । बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा, बजार सबै ठप्प छन् ।